
पछिल्लो २४ घण्टामा १ हजार ३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार १० हजार ८७४ जनामा सोमवार कोरोना परीक्षण गरिएको थियो ।
देशभर सक्रिय संक्रमित १६ हजार ६०६ छन् । नेपालमा संक्रमण दर १८.८ प्रतिशत छ ।
५०० भन्दा बढी संक्रमित भएका जिल्ला ८ र २०० भन्दा बढी संक्रमित भएका जिल्ला १९ छन् । मोरङ, सुनसरी, झापा, काठमाडौं, ललितपुर भक्तपुर, कास्की र रुपन्देही ५०० भन्दा बढी संक्रमित भएको जिल्ला हुन् ।
सोमवार १ हजारले संक्रमण जितेका छन् । यससँगै नेपालमा हालसम्म संक्रमण मुक्त हुने ७ लाख ७० हजार २२४ पुगेका छन् । नेपालमा संक्रमणमुक्त हुने दर ९६.५ प्रतिशत छ ।
संक्रमणबाट पछिल्लो २४ घण्टामा १० जनाको निधन भएको छ । अहिलेसम्म संक्रमणबाट ११ हजार १७४ जनाको निधन भइसकेको छ ।
हाल देशभर ३५१ जना सघन उपचार कक्ष, ११८ जना भेन्टिलेटर, १५ हजार ५३४ जना होम आइसोलेसन, १ हजार १५२ जना संस्थागत आइसोलेसन र २४१ जना क्वारेन्टीनमा छन् ।
कोभिड–१९ विरुद्धको खोप १ लाख २० हजार ५४८ जनाले लगाएका छन् । अहिलेसम्म नेपालमा ७८ लाख ५ हजार ६८५ जनाले पहिलो मात्रा र ६३ लाख ८४ हजार १७२ जनाले पूर्ण मात्राको खोप लगाइसकेका छन् ।