३१ जेठ २०८३, आइतबार

प्रदेश २ लोकसेवा आयोगले वार्षिक प्रतिवेदन बुझायो

असोज १८, २०७८
प्रदेश २ लोकसेवा आयोगले वार्षिक प्रतिवेदन बुझायो

प्रदेश नं २ लोकसेवा आयोगले आफ्नो दोस्रो वार्षिक प्रतिवेदन बुझाएको छ । प्रदेश नं २ लोकसेवा आयोगका अध्यक्ष सुरेन्द्रप्रसाद यादवले प्रदेश प्रमुख हरिशङ्कर मिश्रलाई उक्त प्रतिवेदन बुझाएका हुन् ।

गत वर्ष बढुवा, अन्तर सेवा, खुला र समावेशी गरी कूल २७२ पदका लागि विज्ञापन खुलाएको थियो । बढुवातर्फ ११३, अन्तरसेवातर्फ १४, खुलातर्फ ९५ र समावेशी समूहतर्फ ५० पदका लागि विज्ञापन खुला गरेको आयोगको प्रतिवेदनमा उल्लेख छ । आयोगले कर्मचारीको अभाव भए पनि गत वर्ष विभिन्न सेवा र तहका लागि ८५ पाठ्यक्रम निर्माण गरेको आयोगका अध्यक्ष यादवले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्