२७ असार २०८३, शनिबार

टाटा मोटर्सको  दशैं अफर अन्तर्गत ४ भाग्यशाली विजेता घोषित

टाटा मोटर्सको  दशैं अफर अन्तर्गत ४ भाग्यशाली विजेता घोषित

नेपालका लागि टाटा मोटर्सका आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ्ग प्रा. लि. ले “यसपाली जाँदैन हात खाली” भन्ने दशैं योजना अन्तर्गत हरेक हप्ता बुकिङ्ग गर्ने ग्राहकहरु मध्ये एक ग्राहकलाई लक्की ड्र मार्फत् ४० इन्चको स्मार्ट टि भी प्रदान गर्ने भनेको मा हाल सम्म ४ जना भाग्यशाली विजेता घोषित गरेको छ । 

अफर सार्वजनिक गरेको पहिलो हप्तामा १९७ वटा बुकिङ्ग, दोश्रो हप्ता ३६९ बुकिङ्ग, तेश्रो हप्ता २२२ बुकिङ्ग र चौथो हप्तामा ५६० बुकिङ्ग प्राप्त भएको कम्पनीले एक प्रेष विज्ञप्ति मार्फत् जानकारी दिएको छ ।

जसमा क्रमश दिल बहादुर थापा (ट्रक–टिपर), चौधरी ट्रेडर्स (पिकअप), आर के स्टील फर्निचर उद्योग (कार्गो) र श्री कृष्ण दूध सङ्कलन तथा विक्री फर्म (सानो ट्रक–टिपर) विजयी भएका हुन् ।

विजेता घोषणा कार्यक्रम हरेक शुक्रबार बेलुकी ७ बजे कम्पनीको फेसबुक पेज “टाटा मोटर्स ट्रकस् एण्ड बसेस नेपाल” बाट लाइभ गरिएको थियो ।

पछिल्लो समयमा देखिएको ग्राहकहरुको बढ्दो सहभागितालाई ध्यानमा राख्दै असोज १४ सम्मलाई तोकिएको दशैं योजना असोज २५ गते सम्मलाई लागू गरिएको छ ।

यस दशैं योजना मा  बुकिङ्ग गर्दा, खरिद गर्दा, हरेक हप्ताको लक्की ड्र र बम्पर लक्की ड्र गरी चार पटक सम्म उपहार जित्ने मौका प्राप्त हुन्छ । योजना सम्बन्धि थप जानकारी वा बुकिङ्ग का लागि ग्राहकहरुले नजिकैको सिप्रदी ट्रेडिङ्ग को शोरुममा सम्पर्क गर्न सक्नेछन् वा ९८०११०७६०० मा मिसकल गर्न सक्नेछन् ।
 

salt training

कमेन्ट गर्नुहोस्