१२ असार २०८३, शुक्रबार

रोजगारी सिर्जना तथा प्रवर्द्धनमा अगाडि बढ्दै रोलिङ प्लान्स, डिजिटल युगमा नेक्सस

रोजगारी सिर्जना तथा प्रवर्द्धनमा अगाडि बढ्दै रोलिङ प्लान्स, डिजिटल युगमा नेक्सस

विगत १७ वर्ष अघिदेखि सञ्चालनमा रहेको निजी कम्पनी हो 'रोलिङ प्लान्स' । 

विगतदेखि नै मुलुकमा रोजगारी सृजना तथा प्रवर्द्धन गर्ने काममा यस कम्पनीले महत्वपूर्ण भूमिका खेल्दै आइरहेको छ । 

रोजगारी सृजना तथा प्रवर्द्धनका निम्ति त्यससम्बन्धि दक्षता अभिवृद्धि,  सामाजिक वा व्यवसायिक रुची, गतिविधि, पृष्ठभूमी भएकाहरुले एकै सञ्जालमा रही सम्बन्धको विकासगरी साझेदारी गर्ने प्लेटफर्मको रुपमा कम्पनीले काम गर्दै आइरहेको छ ।

कम्पनीका अध्यक्ष अनुप जंगम

डिजिटल युगमा नेक्सस
पछिल्लो समयमा भइरहेको प्रविधिको विकाससँगै अहिले यस कम्पनीले पनि आफूलाई डिजिटलाइज गरेको छ । 

करिब एक वर्ष अघि कम्पनीले 'रोलिङ नेक्सस डटकम' व्यावसायिक सञ्जालको विकास गरी सार्वजनिक गरेको थियो । 

रोजगार दाता र सेवाग्राहीको बीचमा पहिले कम्पनीले पूलको मात्रै काम गर्ने गरेको थियो । तर यो प्लेटफर्म विकास गरेसँगै कम्पनीले रोजगारी सिर्जना तथा प्रबर्द्धन, दक्षता अभिवृद्धिका लागि व्यवसायिक सामाजिक सञ्जालको विकास गरिएको कम्पनीका अध्यक्ष अनुप जंगम बताउँछन् ।

कम्पनीले सन् २०१५ देखि रोलिङ जब वेबसाइट मार्फत काम गरिरहेको थियो । तर अहिले भने कम्पनीले रोलिङ नेक्सस भित्र नै रोलिङ जब राखिएको छ ।

यसबाहेक रोलिङ नेक्ससले ब्यावसायिक सेवा दिन विभिन्न  समुहहरु छुट्याएको छ । 

रोलिङ जब, टेण्डर, फ्रिलान्स, कम्प्युटर एडप्टिभ टेष्ट, इभेन्ट, बजार र छलफलजस्ता प्लाटफर्मको प्रयोग गरि विभिन्न सेवाहरू पाउन सकिने अध्यक्ष जंगम बताउँछन् ।

उनका अनुसार स्वदेशी रोजगारी र अवसरको खोजी तथा सीप अभिवृद्धि गर्नको लागि यसमार्फत नेक्ससले काम गर्ने गरेको छ । 

कम्पनीले व्यवसायीले आफ्नो काम अनुरुपको अवसर हेरी सम्पुर्ण विड तथा टेन्डर खोजी, दर्ता तथा व्यवस्थापन अनलाइन मार्फत नै पुर्ण सम्पन्न गर्नका लागि रोलिङ टेण्डर राखेको छ ।

विदेश अथवा स्वदेशबाट माग आउने छोटो वा लामो कार्यहरुको घरै बसी गर्न मिल्ने स्वतन्त्र रोजगारीको  अवसरको खोजी गर्नका लागि रोलिङ फ्रिलान्स उपयुक्त हुने कम्पनीको दावी छ । कोरोना महामारीमै पनि घरबाटै काम गर्नेका लागि अवसर खोजी गर्न यो उपयुक्त हुने कम्पनीका अध्यक्ष जंगम बताउँछन् ।

यस्तै कम्पनीले रोलिङ क्याटलाई विकसित गरेको छ । जसमार्फत सेवाग्राहीले आफ्नो सीप, शैक्षिक तह तथा कार्यक्षेत्र अनुरुपको बौद्धिक परीक्षण अनलाइनमै गर्न तथा कम्पनी तथा शैक्षिक संस्थाले छनोट प्रक्रियाका लागि गर्ने परीक्षा तथा मुल्यांकनका कार्य अनलाइनबाट सञ्चालन गर्न सकिनेछ ।

यस्तै भर्चुअल कक्षा कोठा, भर्चुअल मेला, विज्ञबाट परामर्श, विभिन्न कार्यक्रम,  सेमिनारको अनलाइन मार्फत प्रवर्धनको लागि रोलिङ इभेन्ट प्रयोग गर्न सकिनेछ ।

कम्पनीको अर्को मोडल भनेको रोलिङ छलफल हो । यसमार्फत सेवाग्राहीले आफ्नो कार्यक्षेत्र र रुचीको क्षेत्र अनुरुपको विभिन्न विषय सम्बन्धित लिखित प्रश्नोतर तथा छलफलमा सहभागी भई वौद्धिक बिकास गर्न सक्छन् ।

रोलिङ बजारमार्फत कम्पनीले नेपाली घरेलु उद्यमीलाई प्रवर्द्धन गर्ने काम गरिरहेको छ । अन्य ई–कमर्सभन्दा फरक यसमा नेपाली घरेलु उद्यमीका सामानहरुको मात्र बजार प्रवद्र्धन गरिने  कम्पनीका अध्यक्ष जंगमको दावी छ। 


कम्पनीले रोजगारीका लागि अर्को मोडल पनि ल्याएको छ । जसको नाम रोलिङ कर्मसिल स्वदेश र रोलिङ कर्मसिल विदेश रहेका छन्।

रोलिङ कर्मसिल स्वदेश एपबाट दक्ष, अदक्ष श्रमिकलाई उपयोगी हुने रोजगारी र अन्य अबसरका जानकारी मोवाइल नोटिफिकेसन मार्फत पाउन सकिनेछ।

यस्तै स्वतन्त्र रोजगारी गर्न चाहनेहरुका लागि आफ्नो सीप अनुसारको घर सेवा तथा आफ्नो सवारी साधन भएकाले वितरण सेवाको अवसर खोजी गर्न सकिनेछ। 

रोलिङ कर्मसिलको माध्यमबाट विदेश एपबाट भरपर्दो वैदेशिक रोजगारीको खोजी, विदेश बसाईका क्रममा परेका समस्याको समाधानका लागि पहल र स्वदेश फर्केर केही गर्न चाहानेका लागि अवसरहरुको लाभ लिन सकिनेछ। 

रोलिङ नेक्ससको प्रयोग गर्न व्यक्ति तथा व्यवसायीले मोबाइलमा एप डाउनलोड गरी त्यसमा लगईन गरि आफ्नो प्रोफाइल बनाउनुपर्ने हुन्छ । 
 
 

salt training

कमेन्ट गर्नुहोस्