०४ असार २०८३, बिहीबार

आजको मौसमः देशभर बदली, केही स्थानमा वर्षा

आजको मौसमः देशभर बदली, केही स्थानमा वर्षा

मंगलबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने भएको छ । यस्तै कर्णाली र सुदुरपश्चिम प्रदेशका एक दुई स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाको भनाइ छ ।

यस्तै राति देशभर आंशिकदेखि सामान्य बदली रही कर्णाली र सुदुरपश्चिम प्रदेशका एक दुई स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा सामान्य वर्षाको सम्भावना रहेको छ ।

अहिले भारतको बिहार तथा आसपासतिर अवस्थित न्यून चापीय क्षेत्रको प्रभाव नेपालमा परेको छ। जसका कारण मंगलबार बिहान  गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशहरूमा सामान्य बदली रही अन्य प्रदेशहरूमा आंशिक बदली रहेको छ। गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भईरहेको पनि महाशाखाको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्