०१ असार २०८३, सोमबार

पार्टी एकीकरण गर्न वार्ता भइरहेको प्रचण्डको खुलासा

असोज १९, २०७८
पार्टी एकीकरण गर्न वार्ता भइरहेको प्रचण्डको खुलासा

नेकपा  (माओवादी  केन्द्र)का  अध्यक्ष  पुष्पकमल  दाहाल  प्रचण्डले  मुलुक  र  कम्युनिस्ट  आन्दोलन  नै  चुनौती  र  अवसरको  दोसाँधमा  रहेको बताएका छन् । नेपाल  बुद्धिजीवी  सङ्गठनको  राष्ट्रिय  भेलालाई  सोमबार सम्बोधन गर्दै प्रचण्डले कम्युनिस्ट आन्दोलनलाई एकीकृत गर्ने र देशमा समाजवादको आधार तयार पार्न कम्युनिस्टहरूबीच एकता भएको उल्लेख गरे ।  दशकौँसम्म कम्युनिस्ट नेतृत्वको सरकार अगाडि बढाउने सपना देखेर भएको पार्टी एकता तथा कम्युनिस्ट आन्दोलन नै क्षतविक्षत बनाउने प्रयास भएपछि बाध्य भएर आफूले केपी ओलीको सरकार ढालेको प्रचण्डले बताए ।

अध्यक्ष  प्रचण्डले  देशको  राजनीतिक  परिवर्तन  उल्ट्याउने  षड्यन्त्र  भइरहेको  र  त्यसमा  आफू  सचेत  बनेको  स्पष्ट  पारे । उनले माओवादी पार्टी एकढिक्का भएर निर्वाचनमा जाँदा पहिलो दल बन्ने दाबी गरे । आफ्नै पार्टीबाट अरू पार्टीमा गएका ठूला नेता पार्टीमा प्ुनः फर्कने विषयमा  छलफल  भइरहेको  बताउँदै  प्रचण्डले  एउटा  दलसँग एकीकरणबारे वार्तासमेत भइरहेको जानकारी बताए । उनले कुन राजनीतिक दलसँग एकताका लागि वार्ता भइरहेको भन्नेबारे चाहिँ खुलाएनन् । गोरखापत्रमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्