२१ जेठ २०८३, बिहीबार

महानगर प्रमुख सरावगीद्वारा खातुनको उपचारमा सहयोग

महानगर प्रमुख सरावगीद्वारा खातुनको उपचारमा सहयोग

पर्साको वीरगन्ज महानगरपालिका प्रमुख विजयकुमार सरावगीले एसिड प्रहारबाट घाइते मुस्कान खातुनको उपचारका लागि रु दुई लाख सहयोग गरेका छन् । 

    प्रमुख सरावगीले आफ्नो सेवा सुविधालगायत पारिश्रमिकको रकमबाट स्थापना गरेका ‘मेयर कल्याणकारी कोष’बाट उक्त रकम खातुनलाई सहयोग गरेका हुन् । एसिड प्रहारबाट खातुनको घाँटी, पेट र छातीमा  घाउ भएको छ । उहाँको तत्कालै शल्यक्रिया गर्नुपर्ने अवस्था छ । खातुनको उपचारका लागि आर्थिक अभाव भएपछि नगर प्रमुख सरावगीले सहयोग गरेका हो । 

    खातुनको कानको समेत शल्यक्रिया गर्नुपर्ने र त्यसका लागि आर्थिक अभाव भएकाले उनलाई सक्दो सहयोगका लागि नगर प्रमुख सरावगीले सबैमा अपिल गरेका छन्।  
 

salt training

कमेन्ट गर्नुहोस्