२२ जेठ २०८३, शुक्रबार

ताइवानमा लडाकू विमान पठाउन चीनले बनायो कीर्तिमान, युद्धको सम्भावना बढ्दै

असोज १९, २०७८
ताइवानमा लडाकू विमान पठाउन चीनले बनायो कीर्तिमान, युद्धको सम्भावना बढ्दै

ताइवानको रक्षा मन्त्रालयले सोमवार आफ्नो हवाईक्षेत्रमा चीनका ५६ वटा युद्धविमानहरू प्रवेश गरेको जानकारी दिएको छ । 

विगत एक वर्षयता ताइवानले सार्वजनिक रूपमा रेकर्ड राख्न थालेदेखिको यो सबभन्दा ठूलो संख्या हो । 

यसअघि एक दिनको रेकर्ड ३९ थियो । 

सोमवार प्रवेश गरेका ५६ चिनियाँ विमानमध्ये ३८ वटा जे–१६ लडाकू विमान, १२ वटा एच–६ बमवर्षक विमान, दुईवटा सु–३० लडाकू विमान, दुईवटा वाई–८ पनडुब्बीप्रतिरोधी युद्धविमान र दुईवटा केजे–५०० विमान छन् । 

ताइवानको हवाईक्षेत्रका रूपमा रहेको दक्षिणपश्चिम कुनामा चिनियाँ विमान प्रवेश गरेको बताइएको छ । यसको जवाफमा रेडियो चेतावनी जारी गरिएको र हवाई प्रतिरक्षा क्षेप्यास्त्र प्रणाली पनि तैनाथ गरिएको रक्षा मन्त्रालयले जनाएको छ ।

त्यसो त चिनियाँ विमानहरूले ताइवानको सार्वभौम हवाईक्षेत्रलाई अतिक्रमण गरेका हैनन् । उक्त सार्वभौम हवाईक्षेत्र ताइवानको तटबाट १२ नटिकल माइल परबाट शुरू हुन्छ । 

चीन सरकारको मुखपत्र ग्लोबल टाइम्सले यो चिनियाँ सेनाको युद्धअभ्यास भएको जानकारी दिएको छ । ताइवानलाई चेतावनी दिन चीनले यो क्रियाकलाप गरेको स्पष्ट छ । 
 

salt training

कमेन्ट गर्नुहोस्