२० असार २०८३, शनिबार

शाहरुख खानका छोरा बिहीवारसम्म प्रहरी हिरासतमा, खाए मेसको खाना

असोज १९, २०७८
शाहरुख खानका छोरा बिहीवारसम्म प्रहरी हिरासतमा, खाए मेसको खाना

बलिउड सुपरस्टार शाहरुख खानका छोरा आर्यन खान भारतको लागूपदार्थ नियन्त्रण ब्युरो एनसीबीको हिरासतमा बिहीवारसम्मका लागि छन् । 

तीन दिनको प्रहरी हिरासतका लागि म्याद थप गरिएपछि आर्यनलाई एनसीबीका अधिकारीहरूले सोधपुछ गरिरहेका छन् । 

आर्यनले एनसीबीको अनुसन्धानमा सहयोग गरिरहेका छन् र प्रश्नको जवाफ दिइरहेका छन् ।

उनले एनसीबीको मेसमा बनेको खाना खाएका छन् । महंगो र मीठो खाना खाइरहेका धनाढ्य परिवारका आर्यनलाई मेसको खानामा चित्त बुझाउनु परिरहेको छ । 

नियमअनुसार, घरकमे खाना ल्याउनका लागि अदालतको अनुमति आवश्यक हुन्छ तर आर्यनले त्यस्तो अनुरोध गरेका छैनन् । 

उनले सोमवार पिता शाहरुखसँग दुई मिनेट कुराकानी गरेका थिए । 

आर्यनले आफ्नो लागि नेजल ड्रप मगाएका थिए । एनसीबीले उनलाई त्यो उपलब्ध गराएको छ । 

उनले एनसीबीसमक्ष चार पृष्ठको बयान लेखेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्