
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पार्टीको महाधिवेशन राप्रपाको निम्ति पुनर्जागरण भएको बताएका छन् । बिर्तामोड पुगेका उनले महाधिवेशनलगत्तै पार्टी आन्दोलनमा होमिने बताएका हुन् ।
कांग्रेस र कम्युनिष्टको पार्टीको असफलता, अदूरदर्शिता र अकर्मण्यताको कारण मुलुक संकटग्रस्त भएको बताउँदै थापाले भ्रष्टाचारले देशलाई थला पारेको बताए ।
धर्म परिवर्तन, बेरोजगारी समस्या समाधान नगरे मुलुक थप बर्बादीतर्फ धकेलिने थापाको टिप्पणी थियो ।