
बूढानीलकण्ठ नगरपालिका-८ भंगाल बस्ने मोरङ विराटनगरका ३० वर्षीय राज खड्कालाई चक्कु प्रहार गरी हत्या गरेको आरोपमा एक जना पक्राउ परेको छ ।
सोही ठाउँ बस्ने ताप्लेजुङ घर भएका ३५ वर्षीय प्रदीप लिम्बुलाई सोमवार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
प्रदीपले खड्कालाई चक्कु प्रहार गर्दा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त भएपछि महानगरीय प्रहरी वृत्त महाराजगंज र महानगरीय प्रहरी प्रभाग बूढानीलकण्ठको टोलीले प्रहरीले लिम्बुलाई पक्राउ गरेको हो । गम्भीर घाइते खड्काको करुणा अस्पताल चुनिखेलमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।