२९ जेठ २०८३, शुक्रबार

हत्यामा संलग्न १ जना पक्राउ

असोज १९, २०७८
हत्यामा संलग्न १ जना पक्राउ
प्रतिकात्मक तस्वीर

नेपाल प्रहरीले विराटनगर घर घई बूढानीलकण्ठ बस्ने ३० वर्षीय राज खड्काको हत्यामा संलग्न १ जनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त महाराजगञ्ज र महानगरीय प्रहरी प्रभाग बूढानीलकण्ठबाट खटिएको टोलीले ताप्लेजुङका ३५ वर्षीय प्रदीप लिम्बूलाई सोमवार साँझ पक्राउ गरेको हो । 

लिम्बूले खड्कालाई चक्कु प्रहार गरेर हत्या गरेका जनाइएको छ । चक्कु प्रहारबाट गम्भीर घाइते खड्काको करुणा अस्पताल चुनिखेलमा उपचारका क्रममा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

हत्या सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्