२४ जेठ २०८३, आइतबार
सदनमा एमालेको अवरोध

लगातार दशौं दिन पनि एमालेद्वारा प्रतिनिधि सभा बैठक अवरुद्ध

लगातार दशौं दिन पनि एमालेद्वारा प्रतिनिधि सभा बैठक अवरुद्ध

नेकपा एमालेले लगातार दशौं दिन पनि प्रतिनिधि सभा बैठक अवरुद्ध गरेको छ ।

१४ सांसदलाई कारवाही गर्ने पार्टीको निर्णय सभामुखले सदर नगरेको विरोधमा एमालेले विरोध र नाराबाजी गर्दै आएको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले 'प्रतिनिधि सभाको आजको कारवाही प्रारम्भ हुन्छ' भने लगत्तै सांसदहरूले वेलमा पुगेर नाराबाजी गरेका थिए ।

एमालेको नाराबाजीबीच सभामुखले कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन पेश गर्न समय दिए ।

त्यसपछि संसद बैठक २२ गतेसम्मका लागि स्थगित भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्