२४ जेठ २०८३, आइतबार

एमालेको अवरोधपछि शुक्रवारसम्मका लागि स्थगित भयो प्रतिनिधिसभा बैठक

एमालेको अवरोधपछि शुक्रवारसम्मका लागि स्थगित भयो प्रतिनिधिसभा बैठक

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधपछि प्रतिनिधि सभा बैठक असोज २२ गते शुक्रवारसम्मको लागि स्थगित भएको छ । 

मंगलवार बसेको प्रतिनिधि सभाको दशौं बैठकपछि एमालेले अवरुद्ध गरेको हो । एमालेको विरोध अवरोधका बाबजुद सरकारले राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन २०७६/०७७ पेश गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रतिवेदन पेश गरेका थिए । 

सभामुख अग्नि सापकोटाले संसद अवरोध अन्त्य गर्न एमालेसँग आग्रह गरेपछि एमालेले नाराबाजी रोकेन । माधव नेपाल लगायत १४ सांसदलाई पदमुक्त गर्न गरिएको सिफारिश सभामुख सापकोटाले कार्यान्वयन नगरेको भन्दै एमालेले भदौ २३ गतेदेखि संसद अवरुद्ध गर्दै आएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्