
जुम्लाको हिमा गाउँपालिका–२ स्थित भेडा गोठमा आगलागी हँुदा २५ भेडाका पाठा जलेर नष्ट भएका छन् ।
सोमवार दिउँसो गोठमा आगलागी हुँदा ती पाठासहित लत्ताकपडा र भाँडाकँुडा जलेर नष्ट भएका स्थानीय वीरबहादुर शाहीले जानकारी दिए ।
४ हजार मिटर उचाइमा रहेको गोठमा किसान दत्तबहादुर शाही, धनबहादुर रोकायासहित १२ जनाका पाठा थिए । किसान रोकायाले नयाँ पाठा अनुदान दिन प्रदेश सरकारसमक्ष माग समेत गरे ।