३१ जेठ २०८३, आइतबार

वैज्ञानिकहरूले बनाए आँखाको मोतियाविन्दु रोक्ने गोली

असोज १९, २०७८
वैज्ञानिकहरूले बनाए आँखाको मोतियाविन्दु रोक्ने गोली

वैज्ञानिकहरूले मोतियाविन्दु हुनबाट रोक्नका लागि आँखामा राख्न मिल्ने गोली विकसित गरेका छन् । 

शल्यक्रिया नगरिकनै मोतियाविन्दुलाई रोक्न पनि उक्त गोली प्रभावकारी हुनेछ । 

आँखामा क्याल्सियमको स्तरलाई कम गरेर उक्त गोली राख्न मिल्ने अपेक्षा छ । अहिले यसको मानव परीक्षण भइरहेको छ । 

मोतियाविन्दु भनेको आँखाको नानीलाई बादल जस्तो कुराले ढाक्ने रोग हो । त्यसले दृष्टि धमिलो हुँदै जान्छ र उपचार नगरिएमा मानिस अन्धो हुन्छ । 

प्रायः उमेर बढेसँगै मोतियाविन्दुको समस्या आउन थाल्छ । शरीरका फ्री र्‍याडिकल र एन्टीअक्सिडेन्टबीचको असन्तुलनका कारण मोतियाविन्दु हुन्छ । 

अत्यधिक धूम्रपान, मदिरा सेवन र शरीरमा रसायनको मात्राका कारण शरीरमा फ्री र्‍याडिकल बन्छन् । 

मधुमेह तथा लामो समयसम्म शक्ति बढाउने औषधिको सेवनले पनि मोतियाविन्दु हुन्छ । 

मोतियाविन्दुको शल्यक्रिया आधा घन्टामा सकिन्छ । 
 

salt training

कमेन्ट गर्नुहोस्