२२ जेठ २०८३, शुक्रबार

पल शाह बने एनएमबि बैंकको ब्राण्ड एम्बेस्डर

पल शाह बने एनएमबि बैंकको ब्राण्ड एम्बेस्डर

एनएमबि बैंकले लोकप्रिय युवा अभिनेता तथा समाजसेवी पल शाहलाई बैंकको ब्राण्ड एम्बेस्डर नियुक्त गरेको छ ।

एनएमबि बैंक नेपालको अग्रणी वाणिज्य बैंक हो भने शाह टेलिभिजनको इडिटिङ्ग, म्युजिक भिडियो हुंदै नेपाली सिनेमा जगतमा प्रशंसा प्राप्त गरिरहेको उदयीमान अभिनेता मध्ये एक हुन् ।

एक प्रेस वक्तव्य जारी गर्दै बैंकले शाहसंग द्विपक्षीय समझदारी भएको जनाएको छ ।

एनएमबि बैंकको ब्राण्ड एम्बेसडर भएर सहकार्य गर्न पाउँदा आफूलाई खुशी लागेको र बैंकको उत्तरोत्तर प्रगतिमा आफुले उत्कृष्ट भुमिका प्रस्तुत गर्ने प्रतिबद्धता शाहले व्यक्त गरेका छन् ।

बैंकले देशभरीका १८१ शाखाहरुका साथै १३७ एटीएम र ९ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।   

salt training

कमेन्ट गर्नुहोस्