२६ जेठ २०८३, मंगलबार

प्रतिपक्षले कालोधनको नारा दिएको छ तर जवाफ सुन्दै सुन्दैन : दिलेन्द्रप्रसाद बडू

प्रतिपक्षले कालोधनको नारा दिएको छ तर जवाफ सुन्दै सुन्दैन : दिलेन्द्रप्रसाद बडू

नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले प्रमुख प्रतिपक्षी दलका सांसदले संसदमा विभिन्न विषय उठाएर नाराबाजी गरेपनि त्यसको जवाफ सुन्न नचाहेको बताएका छन् ।

मंगलवारको प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सांसद बडूले प्रमुख प्रतिपक्षी दलका सांसदले नारामा विभिन्न विषयको उठान गरेको भए पनि जवाफ सुन्न तयार नभएको बताए ।

सभामुखले संसदीय परम्परा, मूल्यमान्यता र प्रतिनिधिसभा नियमावलीबारे बारम्बार सजग गराउँदा पनि प्रतिपक्षी सांसदहरू सुन्न तयार नभएको उनले बताए । संसदमा उठेका कालोधन लगायतका विषयमा सम्बन्धित पक्षले जवाफ दिनका लागि पनि संसद खोल्नुपर्ने उनले बताए ।

संसद खुलेमा प्रतिपक्षी दलले उठाएका सबै विषयवस्तुको जवाफ पाउने उनको भनाई छ । उनले भने, ‘कालोधनको नारा दिनुहुन्छ, त्यसको जवाफ दिने कसले ? उहाँले एकोहोरो नारा त लगाइरहनुभएको छ । संसदीय परम्परा, मान्यता र हाम्रो प्रतिनिधिसभा नियमावलीले भनेका विषयहरू सभामुखले एकोहोरो सुनाइरहनुभएको छ तर उहाँहरू त्यसलाई सुन्न तयार हुनुहुन्न । सम्बन्धित पक्षले जवाफ दिन्थ्यो होला हाउसमा, हाउस चल्न दिएको भए । जे जे नारा दिनुभएको छ पर्याप्त छ । अब त्यसको जवाफ सुन्नलाई हाउस चल्न दिनुपर्छ अनि मात्र उहाँहरूको एकोहोरो नाराको अर्थ हुन्छ ।’

उनले नेपाली कांग्रेसको स्थानीय तहको अधिवेशनले पार्टीलाई अझ सक्रिय र अनुशासित रूपमा अगाडि बढाउन आमधारणा बनेको बताए । चुनावी परिणाम विभिन्न समूहको मिश्रित रूपमा आएको भन्दै उनले यसले पार्टीलाई समूहगत रूपमा पनि सन्तुलित राख्ने बताए । 

salt training

कमेन्ट गर्नुहोस्