२१ जेठ २०८३, बिहीबार

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

असोज १९, २०७८
मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु
प्रतिकात्मक तस्वीर

अरनिको राजमार्ग खण्ड अन्तर्गत भक्तपुरको  कौशलटारस्थित ६ लेन सडकमा तीव्रगतिमा गुडेको मोटरसाइकल मंगलवार दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पछाडि सवार प्रहरी हबल्दार गम्भीर घाइते भएका छन् ।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार तीव्र गतिमा आएको ना३२प ६६७३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकको बारमा ठोक्किएर दुर्घटना हुँदा पर्सा वीरगञ्ज महानगरपालिका–२० घर भई हाल भक्तपुर नपा–१० कमलविनायक बस्ने ३० वर्षीय लोकनाथ ठाकुरको कौशलटारस्थित भक्तपुर इन्टरनेसनल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । 
    
दुर्घटनामा मोटरसाइकल पछाडि सवार वीरगञ्ज महानगरपालिका–२० घर भई हाल इलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुर रौतहटमा कार्यरत प्रहरी हबल्दार सियाराम सिंहको गठ्ठाघरस्थित नागरिक अस्पतालमा उपचार हुन नसकेपछि मंगलवारै केएमसी अस्पताल सिनामंगल पठाइएको छ ।

त्यहाँ पनि उपचार हुन नसकेपछि नेपाल प्रहरी अस्पताल महाराजगञ्ज पठाइएको प्रहरीले जानकारी दिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्