३० जेठ २०८३, शनिबार

जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालयका सब इन्जिनियर २ लाख घुस रकमसहित पक्राउ

जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालयका सब इन्जिनियर २ लाख घुस रकमसहित पक्राउ

जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय वसुन्धराका सब इन्जिनियर दिपेन्द्र कुमार केसी २ लाख रुपैयाँ घुस रकमसहित नियन्त्रणमा परेका छन् । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मंगलवार उनलाई पक्राउ गरेको हो । 

आयोगले प्रेस विज्ञप्ति जारी गर्दै भनेको छ, 'जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय, बसुन्धरा, काठमाडौंमा कार्यरत सव-इन्जिनियर दिपेन्द्र कुमार के.सी.ले कलभर्ट निर्माण कार्यको ठेक्का सम्झौता बमोजिम कार्य सम्पन्न गरी अन्तिम बिल भुक्तानी दिने क्रममा सेवाग्राहीसँग रु. २,००,०००।- घुस/रिसवत माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले निज दिपेन्द्र कुमार के.सी.लाई सेवाग्राहीबाट रु.२,००,०००।– (दुई लाख रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा उक्त घुस रकमसहित कार्यालय परिसरबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।' 

salt training

कमेन्ट गर्नुहोस्