२५ असार २०८३, बिहीबार

एनआरएन अध्यक्ष पदका लागि डा बद्री केसीको उम्मेदवारी घोषणा

एनआरएन अध्यक्ष पदका लागि डा बद्री केसीको उम्मेदवारी घोषणा

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को अध्यक्ष पदका लागि डा बद्री केसीले उम्मेदवारी घोषणा गरेका छन् । हाल एनआरएनएका उपाध्यक्ष रहेका डा केसीले आज पत्रकार सम्मेलन गरी आफ्नो प्यानलसहित उम्मेदवारी घोषणा गरेका हुन् । केसी यसअघि एनआरएनएको महासचिव, कोषाध्यक्ष र केन्द्रीय सदस्य भइसकेका व्यक्ति समेत हुन् ।

सङ्घको १०औँ विश्व सम्मेलन आगामी अक्टोबरको २३ देखि २५ सम्म काठमाडौँमा हुँदैछ । निर्वाचन समितिले अनलाइन माध्यमबाट विश्वभरबाट एकसाथ मतदान गराउने तयारी गरेको छ । यसअघि अध्यक्षको प्रत्यासीका रूपमा कुल आचार्य र रविना थापाले पनि छुट्टाछुट्टै पत्रकार सम्मेलन गरी उम्मेदवारी घोषणा गरिसकेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्