
सशस्त्र प्रहरीले विराटनगर १५ रानीस्थित २ नम्बर ढाट नजिकबाट २८ वटा मानव खप्पर र १० वटा हातखुट्टाको हड्डी बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ कंकालनी गणको सशस्त्र प्रहरीको टोलीले रानीस्थित २ नम्बर ढाट नजिक को २ च ९६४८ नम्बरको भ्यान चेकजाँच गर्दा २८ वटा मानव खप्पर र हातखुट्टाको १० हड्डी मंगलबार बरामद गरेको हो अनुसन्धान गरी कारबाहीका लागि मानव खप्पर, हड्डी र भ्यान इलाका प्रहरी रानीलाई बुझाएको थियो ।
प्रहरीले भने त्यसको अनुसन्धान सुरु गरेको जनाएको छ । चिहान उत्खनन् गरेर मानव शरिरका अंगहरूको चोरी निकासी भएको हुन सक्ने प्रहरीको अनुमान रहेको छ ।
तस्करहरूले चिहान खनेर मानव खप्पर संकलन गर्ने गरेको प्रहरीको अनुमान रहेको छ ।
कतिपय तान्त्रिकहरुले साधनासिद्विका लागि भन्दै मानव खप्परलाई प्रयोग गर्ने गर्छन् । मानव खप्परलाई घरमा राख्दा धन सम्पती आर्जन हुने पनि केही अन्धविश्वास रहेका कारणले समेत तस्करी गरेको हुन सक्ने प्रहरीको अनुमान रहेको छ ।