तालिबानको हक्कानी नेटवर्कको कुख्यात कमान्डर अनस हक्कानीले मंगलवार महमूद गजनवीको चिहानमा पुगेर उसको प्रशंसा गरेका छन् ।
भारतको गुजरातमा रहेको सोमनाथको मन्दिर भत्काउने गजनवीलाई अनसले प्रख्यात मुस्लिम योद्धा र मुजाहिद भन्दै प्रशंसा गरेका छन् ।
तालिबान लडाकूहरूले सिख गुरुद्वारामा जबर्जस्ती कब्जा गरेर तोडफोड गरेकै दिन अनसको बयान आएको हो ।
काबुलको कार्ते परवानमा रहेको गुरुद्वारामा सशस्त्र तालिबानी लडाकूहरू प्रवेश गरेको अनि त्यहाँको सीसीटीभी क्यामरा फुटाएको बताइएको छ ।
तालिबानले अल्पसंख्यकहरूको हितको रक्षा गर्ने भने पनि सिख र हिन्दूहरूमाथि अत्याचार जारी राखेका छन् ।
हक्कानी नेटवर्क भारत र हिन्दूहरूको कट्टर विरोधी हो । अफगानिस्तानमा भारतको रवैया पक्षपाती रहेको भन्दै अनस हक्कानीले बयान दिने गरेका छन् ।