२६ असार २०८३, शुक्रबार

लद्दाखको सीमानजिक धमाधम एयरफील्ड बनाउँदै चीन

असोज २०, २०७८
लद्दाखको सीमानजिक धमाधम एयरफील्ड बनाउँदै चीन

भारतका वायुसेना प्रमुख मार्शल वीआर चौधरीले पूर्वी लद्दाख नजिक तीनवटा एयरबेसमा चिनियाँ वायुसेना तैनाथ रहेको बताएका छन् । 

तिब्बत स्वायत्त क्षेत्रमा चिनियाँ जनमुक्ति सेनाको वायुसेनाले एयरफील्ड बनाइरहेको विषयमा चौधरीलाई प्रश्न गर्दा चीनले एयरक्राफ्ट शेल्टरहरू बनाइरहेको तर अग्ला एयरफील्डबाट नियमित रूपमा मिसन लोन्च गर्ने चिनियाँहरूको क्षमता कमजोर रहेको बताए । 

एस–४०० एयर डिफेन्स मिसाइल सिस्टम यही वर्ष वायुसेनामा संलग्न गरिने जानकारी पनि चौधरीले दिए । उनले एयरफोर्समा अहिले लगभग ३० स्क्वाड्रन छन् र चीन पाकिस्तानसँगको टु फ्रन्ट वारका लागि ४२ स्क्वाड्रन आवश्यक भएको बताए । तर यत्तिका स्क्वाड्रन कहिलेसम्म बन्छ भनी उनले खुलाएनन् । 
 

salt training

कमेन्ट गर्नुहोस्