२४ जेठ २०८३, आइतबार

खसीबोका बिक्री बेच्ने तरखर गर्दै व्यापार कम्पनी

असोज २०, २०७८
खसीबोका बिक्री बेच्ने तरखर गर्दै व्यापार कम्पनी
प्रतिकात्मक तस्वीर

सरकारी स्वामित्वमा सञ्चालित खाद्य, व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले शनिवारदेखि खसीबोका बिक्रीको तयारी भएको कम्पनीले जनाएको छ ।

‘हामीले घटस्थापनाको भोलिपल्टदेखि थापाथली बिक्री काउन्टरबाट खसीबोका बिक्रीको तयारी गरेका छौं, बिहीवार साँझ खसीबोका आइपुगे शुक्रवार बिहानदेखि वा शुक्रवार साँझ आइपुगे शनिवारदेखि नै बिक्री गछौं,’ कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपानेले भनिन् ।

कम्पनीले यस वर्षको दशैंका लागि मुस्ताङबाट च्यांग्रा नल्याएपछि दाङ र मकवानपुरको पहिलो लटमा १ हजार ७०० खसी तथा बोका ल्याउने जनाएको छ । 

२ जिल्लामा खसी बोका खरिद भए पनि काठमाडौंमा कतिमा बिक्री गर्ने भन्ने मूल्य निर्धारण भइनसकेको जनाइएको छ ।

यस्तै, कम्पनीले करीब साढे ३८ लाख बराबरको चामल बिक्री वितरण गरेको छ । असोज १ गतेदेखि सञ्चालन गरिएको सहुलियत पसलबाट ३८ लाख ५९ हजार रुपैयाँ बढीको चामल बिक्री भएको हो । जम्मा ३९ जिल्लाका ४३ बिक्री केन्द्रबाट १८ सोमबारसम्म ५३० क्विन्टल चालम बिक्री भएको छ ।

उनका अनुसार यो वर्ष कम्पनीले सहुलियत पसलमा ८ थरिका चामल बिक्रीका लागि राखेको छ । जसमध्ये स्टिम जिरा मसिनो चामलको बिक्री सबैभन्दा बढी छ । कम्पनीले काठमाडौँ उपत्यकामा रहेका ४ वटा बिक्री कक्षसँगै अनलाइनमार्फत समेत खाद्यान्नको बिक्री वितरण गर्दै आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्