×

NMB BANK
NIC ASIA

मन्त्रिपरिषद् विस्तारको गृहकार्य

मन्त्री छान्न दलहरू आन्तरिक छलफलमा, को–को बन्दैछन् मन्त्री ?

असोज २०, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री पदको शपथ लिएको ८६ दिनपछि मन्त्रिपरिषद् विस्तारका लागि दलहरू आन्तरिक छलफलमा जुटेका छन् ।

Muktinath Bank

भागबण्डा मिलेपछि दलहरूले मन्त्री बन्नेहरूको नाम तय गर्न आन्तरिक छलफल गरिरहेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मन्त्री छान्न प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल तथा कृष्ण सिटौला पक्षको छुट्टाछुट्टै बैठक बस्दैछ । 


Advertisment
Nabil box
Kumari

पौडेल पक्षको बैठक दिउँसो ३ बजेका लागि तय भएको सो समूहका एक नेताले जानकारी दिए । 

Vianet communication
Laxmi Bank

प्रधानमन्त्री शेरबहादुर देउवाले पौडेलसँग मन्त्रीका लागि २ जनाको नाम पठाउन आग्रह गरेका छन् ।

पौडेल समूहले सुजाता कोइराला, मीनेन्द्र रिजाल, दीलेन्द्र बडू र तेजुलाल चौधरीमध्येबाट नाम पठाउने सम्भावना रहेको स्रोतले बतायो । 

माधव नेपाल सरकारमा उपप्रधानमन्त्री रहेकी सुजाताले उपप्रधानमन्त्री पाउनु पर्ने दाबी गरेकी छिन् ।

प्रधानमन्त्री देउवाले भने उपप्रधानमन्त्री नबनाउने बताएका छन् । 

चौधरी सप्तरीबाट प्रत्यक्ष निर्वाचित सांसद हुन भने बडू सुदूरपश्चिमबाट समानुपातिक सांसद हुन् ।

देउवाले सिटौलासँग एक जना मन्त्रीको नाम मागेका छन् । 

सिटौला समूहले उमाकान्त चौधरी या भीमसेनदास प्रधानलाई मन्त्री बनाउने तयारी गरेको छ । 

चौधरीको नाममा सहमति जुट्ने सो समूहका एक नेताले दाबी गरे । सिटौला समूहले दिउँसो जमलमा बैठक राखेको छ । 

सत्तारुढ गठबन्धनका दलले मंगलवार मन्त्रालयको भागबण्डा टुंग्याएका थिए । जसअनुसार कांग्रेसले ८, माओवादी केन्द्रले ५ मन्त्रालय (एक राज्यमन्त्रीसहित) तथा नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले चार–चार मन्त्रालय लिने सहमति भएको छ । 

कांग्रेसको संस्थापन पक्षबाट यसअघि तीनजना मन्त्री बनिसकेका छन् । गठबन्धनको भागबण्डा मिलाउँदा कानून मन्त्रालय नेकपा एकीकृत समाजवादीको पक्षमा गएकाले ज्ञानेन्द्रबहादुर कार्कीको जिम्मेवारी हेरफेर हुने सम्भावना रहेको स्रोतले बतायो । 

मन्त्रीका लागि देउवा पक्षबाट पुष्पा भुसाल, डा. डिला संग्रौला लगायत आकांक्षी छन् । गृह र परराष्ट्र मन्त्रालय लिइसकेको कांग्रेसले सञ्चार, रक्षा, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय पाउने छ । 

अर्थ र उर्जा मन्त्रालय सम्हालिसकेको माओवादीले शिक्षा तथा विज्ञान प्रविधि, भूमि व्यवस्था तथा गरिवी निवारण र खानेपानी मन्त्रालय पाउने छ । 

माओवादीका तर्फबाट देवेन्द्र पौडेल, सुदन किराँती, शशि श्रेष्ठ र अञ्जना विशंखे मन्त्रीका आकांक्षी छन् ।

नेकपा एसले श्रम तथा रोजगार, संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालय, शहरी विकास र कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्रालय पाउने भएको छ । 

नेकपा एसबाट विरोध खतिवडा, रामकुमारी झाँक्री, जीवनराम श्रेष्ठ र मेटमणि चौधरी मन्त्री बन्ने सम्भावना रहेको स्रोतको भनाइ छ । 

भवानी खापुङ, प्रेम आले, किसान श्रेष्ठ पनि मन्त्रीका आकांक्षी छन् ।

जसपाले भौतिक पूर्वाधार, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र वन तथा वातावरण मन्त्रालय पाउने तय भएको छ । 

जसपाका तर्फबाट महिन्द्रराय यादव, राजेन्द्र श्रेष्ठ, रेणु यादव, मोहम्मद इस्तियाक राई, प्रदीप यादव र प्रमोद साह लगायत आकांक्षी छन् । मन्त्री बन्नका लागि सांसदहरूले पार्टीभित्र लबिङ गरिरहेका छन् । 

सत्ता साझेदार दलहरूले मन्त्रीको नामावली बुझाएलगत्तै मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्री देउवाको तयारी रहेको बालुवाटार स्रोतले जानकारी दियो ।

बिहीवार सार्वजनिक बिदा परेकाले ढिलोमा शुक्रवारसम्म मन्त्रीहरूलाई शपथ गराएर सरकारलाई पूर्णता दिने प्रधानमन्त्रीको तयारी छ । 

प्रधानमन्त्री देउवाले असार २९ गते शपथ लिएर सानो आकारको मन्त्रिपरिषद् बनाएका थिए । 

शुरूमा माधव नेपालको पार्टीले आधिकारिता पाएपछि मन्त्रिपरिषद् विस्तार गर्ने भनिएकोमा पछि राजनीतिक दलसम्बन्धी अध्यादेश निष्क्रिय बनाएर मात्र मन्त्रिपरिषद् विस्तार गर्नुपर्ने जसपाको अडानका कारण मन्त्रिपरिषद्ले पूर्णता पाउनमा ढिलाइ भएको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x