०९ असार २०८३, मंगलबार

रसायनशास्त्रतर्फको नोबेल पुरस्कार लिस्ट र म्याकमिलनलाई

असोज २०, २०७८
रसायनशास्त्रतर्फको नोबेल पुरस्कार लिस्ट र म्याकमिलनलाई

रसायनशास्त्रतर्फको यस वर्षको नोबेल पुरस्कार दुईजना वैज्ञानिक जर्मनीका बेन्जामिन लिस्ट र अमेरिकाका डेभिड डब्ल्यू सी म्याकमिलनलाई दिने घोषणा बुधवार गरिएको छ । 

उनीहरूलाई एसिमेट्रिक अर्गानोक्याटालाइसिसको विकासका लागि उनीहरूलाई यो पुरस्कार दिइएको हो ।
 

अर्गानोक्याटालाइसिस द्रुत गतिमा विकसित भइरहेको छ । यी प्रतिक्रियाहरूको उपयोग गरेर अनुसन्धाताहरूले नयाँ औषधिदेखि सोलार सेलमा प्रकाश सोस्ने मोलिक्युलसम्म बनाउन सकिन्छ ।

यसले मोलिक्युलर निर्माणलाई नयाँ स्तरमा पुर्‍याएको छ । यसले गर्दा रसायनशास्त्र थप हरित बनेको छ अनि एसिमेट्रिक मोलिक्युल बनाउन थप सहज बनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्