०८ असार २०८३, सोमबार
पार्टीभित्रै मन्त्रीको भागबण्डा

कांग्रेस पदाधिकारी बैठक : देउवाले २ दिँदा पौडेलले मागे ३ मन्त्री, सिटौलालाई १ मन्त्रालय

कांग्रेस पदाधिकारी बैठक : देउवाले २ दिँदा पौडेलले मागे ३ मन्त्री, सिटौलालाई १ मन्त्रालय

नेपाली कांग्रेसको पदाधिकारी बैठकमा मन्त्री नियुक्तिका विषयमा छलफल भएको छ ।

बैठकपछि सहमहामन्त्री प्रकाशशरण महतले दिएको जानकारीअनुसार सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेलसँग २ जनाको नाम माग्दा पौडेलले ३ मन्त्री दिनुपर्ने माग गरेका थिए । तर देउवाले २ मात्रै दिन सकिने जवाफ फर्काएका थिए ।

पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला पक्षले सरकारमा १ मन्त्रालय पाउने भएको छ । सम्भवतः भोलि बिहीवार नै मन्त्रिपरिषद् विस्तार हुने महतले बताए ।

मंसिर ९–१३ गतेसम्मका लागि तोकिएको १४औं महाधिवेशन केही दिन पर सार्ने विषयमा पनि बैठकमा छलफल भएको जनाइएको छ । कांग्रेसमा अझै ५ जिल्लाको क्रियाशील सदस्यता विवाद समाधान भएको छैन भने ८ जिल्लामा अधिवेशन शुरू नै हुन सकेको छैन ।

महाधिवेशन प्रभावित हुने देखिएकाले बाँकी रहेका जिल्लामा दशैंपछि अधिवेशन गरिने जनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्