०९ साउन २०८३, शनिबार

देउवाले ३ मन्त्री नदिने भएपछि पौडेल पक्ष असन्तुष्ट, नटुंगिँदै बैठकबाट हिँडे कोइराला र सिंह

देउवाले ३ मन्त्री नदिने भएपछि पौडेल पक्ष असन्तुष्ट, नटुंगिँदै बैठकबाट हिँडे कोइराला र सिंह

नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारमा ३ मन्त्री नदिने भएपछि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष असन्तुष्ट बनेको छ ।

बुधबार बालुवाटारमा भएको पदाधिकारी बैठकमा नेता पौडेलले आफ्नो पक्षलाई ३ मन्त्री दिनुपर्ने माग राखेका थिए । तर प्रधानमन्त्री देउवाले २ मन्त्री मात्रै दिन सकिने जवाफ फर्काए ।

देउवाको जवाफ सुनेपछि पौडेल पक्षका नेताहरू पौडेल, महामन्त्री शशांक कोइराला र पूर्व महामन्त्री प्रकाशमान सिंह मन्त्रीबारे कुनै टुंगो नलागी बैठकबाट हिँडेका जनाइएको छ ।

नेता पौडेलको सचिवालयका अनुसार रौतहट र सर्लाहीको क्रियाशील सदस्यता विवादमा देउवासँग पौडेल र सिंहको चर्काचर्की नै भएको छ ।

सदस्यता विवाद रहेका दुवै ठाउँका कार्यकर्ता अनसनमा रहेकाले समस्या समाधान गर्नुपर्ने आवाज पौडेल पक्षले उठाउँदा देउवाले रुखो जवाफ दिएको गुनासो गरिएको छ । पौडेल र सिंहले विवाद समाधान गरेर कार्यकर्तालाई दशैं मान्न दिनुपर्ने आग्रह गरेका सचिवालयले जनाएको छ ।

स्रोतले भन्यो, ‘चिसो छिँडीमा बसेर कार्यकर्ता बिरामी पर्दैछन् भन्ने विषय पौडेल पक्षले राख्दा देउवाले बिरामी भए अस्पताल लैजानुपर्ने जवाफ दिए । त्यतिबेला पौडेल र सिंह र कोइरालाले तत्काल प्रतिपाद गर्दै सभापतिले कार्यकर्ता मार्ने हो कि बचाउने हो ? राजनीति मुद्दा अस्पताल भर्ना गरेर समाधान हुन्छ भनेर प्रतिवाद गरे ।’

salt training

कमेन्ट गर्नुहोस्