३१ जेठ २०८३, आइतबार

यी १० जिल्लामा काँग्रेस अधिवेशन सम्पन्न

असोज २१, २०७८
यी १० जिल्लामा काँग्रेस अधिवेशन सम्पन्न

पाली काँग्रेसको १० वटा हिमाली जिल्लाले अधिवेशन सम्पन्न गरेको छ। केन्द्रीय निर्वाचन समितिका अनुसार बुधबारसम्म २१ हिमाली जिल्लामध्ये १० वटाले निर्वाचन गरेर नयाँ नेतृत्व चयन गरेको छ। नेपाली काँग्रेस, केन्द्रीय निर्वाचन समितिका संयोजक महादेव यादवले २१ मध्ये १० वटाले हिमाली   जिल्लाले   नेतृत्व   र   महाधिवेशन प्रतिनिधि चयन गरिसकेको जानकारी दिए ।

निर्वाचन समितिका सदस्य सचिव जगन्नाथ श्रेष्ठले बाँकी रहेको ११ जिल्लाको अधिवेशनको टुङ्गो लागि नसकेको बताए ।  एक मात्र निर्वाचन  क्षेत्र  रहेको  ताप्लेजुुङ,  सङखुवासभा, रामेछाप, दोलखा, मनाङ, मुस्ताङ, कालीकोट, हुम्ला र रुकुम पूर्वमा अधिवेशन सम्पन्न भएको छ। एक निर्वाचन क्षेत्र रहेको नौवटा जिल्लाबाट २२५ जना महाधिवेशन प्रतिनिधि चयन भएको सचिव श्रेष्ठले बताए ।  दुई निर्वाचन क्षेत्र रहेको गोरखामा समेत अधिवेशन  सम्पन्न  भएको  सचिव  श्रेष्ठले जानकारी दिए । गोरखापत्रमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्