०२ असार २०८३, मंगलबार

पाकिस्तानको क्वेटामा आएको भूकम्पमा परी २० जनाको मृत्यु

असोज २१, २०७८
पाकिस्तानको क्वेटामा आएको भूकम्पमा परी २० जनाको मृत्यु

पाकिस्तानको क्वेटामा बिहीवार आएको भूकम्पमा परी कम्तीमा २० जनाको मृत्यु भएको छ । ठूलो संख्यामा मानिस घाइते भएका छन् । 

भूकम्पको तीव्रता ५.७ म्याग्निच्युड छ । 

भूकम्प स्थानीय समयअनुसार बिहान ३ बजेतिर आएको थियो । घरमा सुतिरहेका मानिस ज्यान जोगाउन हतारहतार बाहिर निस्केका थिए । 

विपत् व्यवस्थापन अधिकारीहरूले मृतकको संख्या बढ्न सक्ने बताएका छन् ।

राज्य सरकारका वरिष्ठ अधिकारी सुहैल अनवर हाशमीले छत र भित्ता लडेकाले कैयौं पीडित मारिएको बताए । 

उद्धार कार्य जारी छ । 

भूकम्पका कारण आत्तिएका मानिसको तस्वीर सामाजिक सञ्जालमा देखिएको छ । कम्तीमा २०० जना घाइते भएकोमा उनीहरूलाई नजिकैका अस्पताल लगिएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्