२१ जेठ २०८३, बिहीबार

इजरायलमा फेला पर्‍यो दुर्लभ प्राचीन शौचालय, विलासिता देखेर सबै छक्क

असोज २१, २०७८
इजरायलमा फेला पर्‍यो दुर्लभ प्राचीन शौचालय, विलासिता देखेर सबै छक्क

इजरायलका पुरातत्त्ववेत्ताहरूले जेरुसेलममा दुर्लभ प्राचीन शौचालय फेला पारेका छन् । उक्त शौचालय २७ सय वर्षभन्दा पुरानो हो । 

पुरातत्त्व विभागका अनुसार, चिल्लो, चुनढुंगाबाट बनेको शौचालय आयाताकार क्याबिनमा पाइएको हो । त्यो एक विशाल महलको शौचालय हो । 

आरामले बस्नका लागि शौचालय बनाइएको डिजाइनबाट देखिन्छ । त्यसमुनि गहिरो सेप्टिक ट्यांक खनिएको थियो । 

उत्खनन परियोजनाका निर्देशक याकोब बिलिगले बताए, ‘प्राचीन समयमा निजी शौचालय कक्ष दुर्लभ हुन्थ्यो । त्यसको संख्या सीमित थियो । धनीले मात्र निजी शौचालय बनाउन सक्थे ।’

महलमा शौचालय हुनु धनाढ्यको निशानी भएको एक रब्बाइले बताएको जानकारी बिलिगले बताए । 

सेप्टिक ट्यांकमा पाइएको जनावरको हड्डी र माटोको भाँडोले त्यतिखेरका मानिसको जीवनशैली र आहारका साथै प्राचीन रोगहरूको जानकारी दिन्छ । 
 

salt training

कमेन्ट गर्नुहोस्