२८ जेठ २०८३, बिहीबार

२ हजार ७०० वर्ष पहिला शौचालय कस्तो हुन्थ्यो ? पुरातत्वविद्ले पारे फेला

असोज २१, २०७८
२ हजार ७०० वर्ष पहिला शौचालय कस्तो हुन्थ्यो ? पुरातत्वविद्ले पारे फेला

विभिन्न देशमा अझै पनि शौचालयको प्रयोगबारे जनचेतना जगाउनुपर्छ । फोहोरजन्य महामारीबाट बच्न शौचालय प्रयोगका लागि प्रोत्साहन गर्नुपर्छ तर इजरायलका पुरातत्वविद्ले २ हजार ७०० वर्ष पुरानो शौचालय फेला पारेका छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार इजरायलको पुरातत्व विभागले जेरुसेलममा पुरानो शौचालय फेला पारेको हो ।

त्यतिबेला पत्थर ढुंगाबाट शौचालय बनाइएको पाइएको समाचारमा उल्लेख छ । एउटा विशाल महलको छेउमा शौचालय फेला परेको हो ।

त्यतिबेला धनीका घरमा मात्रै शौचालय हुने गरेका समेत पुरातत्वविद्ले जनाएका छन् । उत्खननमा सहभागी निर्देशक यकोव बिलिगले भने, ‘प्राचीन समयको एउटा निजी शौचालय कक्ष धेरै दुर्लभ थियो र केही मात्रै फेला परेका थिए ।’

त्यतिबेलाका धनी मान्छेले मात्रै शौचालय प्रयोग गर्ने गरेका उनले बताए । ‘धनी मान्छे मात्रै शौचालयमा खर्च गर्न सक्थे ।’ 

salt training

कमेन्ट गर्नुहोस्