०२ असार २०८३, मंगलबार

भाजपाले गर्‍यो गान्धी परिवारका आमाछोरालाई कारवाही, राष्ट्रिय कार्यकारिणीबाट निष्कासित

असोज २१, २०७८
भाजपाले गर्‍यो गान्धी परिवारका आमाछोरालाई कारवाही, राष्ट्रिय कार्यकारिणीबाट निष्कासित

भारतीय जनता पार्टी (भाजपा) मा राजनीति गरिरहेका एक्लो गान्धी परिवारका आमाछोरा मेनका गान्धी र वरुण गान्धीलाई कारवाही गरिएको छ ।

उत्तर प्रदेशको लखीमपुरमा भड्किएको हिंसाका विषयमा जथाभावी टिप्पणी गरेको आरोप लगाउँदै भाजपाले आमाछोरालाई पार्टीको राष्ट्रिय कार्यकारिणीबाट निष्कासन गरेको छ ।

भारतीय कांग्रेसबाट हालै भाजपा प्रवेश गरेका ज्योतिरादित्य सिंधियालाई राष्ट्रिय कार्यकारिणीमा नियुक्त गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

भाजपा नेता गान्धीले बिहीवार बिहान एक भिडियो ट्विट गर्दै लखीमपुरमा किसानको हत्या गर्नेको जवाफदेहिता खोजेका थिए ।

लखीमपुर घटना यतिबेला भारतमा चर्चाको विषय बनेको छ, जसले भाजपाको आन्तरिक राजनीतिमा समेत हलचल ल्याइदिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्