२३ असार २०८३, मंगलबार

लमजुङमा जिल्लास्तरीय ब्याडमिन्टन प्रतियोगिता शुरू

असोज २१, २०७८
लमजुङमा जिल्लास्तरीय ब्याडमिन्टन प्रतियोगिता शुरू
प्रतिकात्मक तस्वीर

लमजुङको बेंसीशहर नगरपालिका–८ मा जिल्लास्तरीय ब्याडमिन्टन प्रतियोगिता शुरू भएको छ । 

विजयदशमी तथा दिपावलीको अवसरमा फिटनेस कम्प्लेक्सद्वारा बिहीवारदेखि आयोजित ३ दिने प्रतियोगिताको उद्घाटन गर्दै बेंसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले यस्ता प्रतियोगिताले युवाको प्रतिभाव पहिचान हुने बताए ।

उनले जिल्लामा विभिन्न खेलकुद प्रतियोगिता हुने भए पनि प्रविधियुक्त खेलकुद मैदानको अभाव रहेकाले नगरपालिकाले अब पूर्वाधार विकासमा जोड दिइने बताए ।

नगरपालिकाका उपप्रमुख लक्ष्मी अधिकारीले यस्तो प्रतियोगिताले युवालाई स्वास्थ्य रहन मद्दत पुग्ने उल्लेख गर्दै युवा सक्षम र दक्ष भएमा यसले समाज र राष्ट्रको विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउने बताइन् ।

बेंसीशहर नगरपालिका–८ वडाध्यक्ष पवित्रा थापामगर, राष्ट्रिय खेलकुद विकास समितिका अध्यक्ष कालु गुरुङ, राष्ट्रिय युवा परिषद्का अध्यक्ष जुन तामाङ, जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष तथा बेंसीशहर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष कृष्णलाल प्रधान लगायतले खेलकुद देश विकासको मेरुदण्ड रहेको बताएका छन् ।

कम्प्लेक्सका सञ्चालक आनन्द श्रेष्ठका अनुसार यस प्रतियोगितामा २३ समूहको सहभागिता रहनेछ । प्रतियोगितामा प्रथम हुने समूहलाई २० हजार, दोस्रोलाई १५ हजार र सेमिफाइनलिस्टलाई ५ हजारसहित मेडल र प्रमाणपत्र प्रदान गर्नेछ ।

salt training

कमेन्ट गर्नुहोस्