२८ जेठ २०८३, बिहीबार

मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले असोज २४ गते विश्वासको मत लिने

मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले असोज २४ गते विश्वासको मत लिने

बागमती प्रदेश सरकारले असोज २४ गते विश्वासको मत लिने भएको छ । 

प्रदेश सरकारले असोज २४ गते संसदको नियमित अधिवेशन बोलाउने निर्णय गरेको आर्थिक मामला तथा योजना मन्त्री रचना खड्काले बताइन् । 

‘असोज २४ गते संसदको नियमित अधिवेशन बोलाउने निर्णय भएको छ । त्यही दिन सरकारले विश्वासको मत लिने तयारी पनि छ,’ उनले भनिन् ।

यसअघिका मुख्यमन्त्री डोरमणि पौडेललाई राजीनामा गर्न लगाएर बागमती प्रदेशको मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्यलाई नियुक्त गरिएको थियो । 

गत भदौ २ गते शाक्यले मुख्यमन्त्री पदको शपथ लिएर सोही दिन पदभार ग्रहण गरेकी थिइन् । नेकपा एमालेको आन्तरिक विवाद उत्कर्षमा पुगेर विभाजनको संघारमा पुगेको बेला शाक्य मुख्यमन्त्री बनेकी थिइन् । 

मुख्यमन्त्री बनेकै दिनबाट अल्पमतमा परेकी शाक्यले बल्ल विश्वासको मत लिन लागेकी छन् । 

बागमती प्रदेशमा एमालेको एकल बहुमत थियो तर एमालेबाट माधवकुमार नेपाल समूह छुट्टिएर नयाँ पार्टी बनेपछि शाक्यको सरकार अल्पमतमा परेको थियो । 

बागमतीमा नेकपा एकीकृत समाजवादी पार्टीका संसदीय दलका नेता राजेन्द्र पाण्डेले मुख्यमन्त्रीको दाबी गरेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्