३१ जेठ २०८३, आइतबार

१ नम्बर प्रदेशमा केही स्थानीय तहको वडा संख्या र सिमाना हेरफेरको सिफारिस

असोज २१, २०७८
१ नम्बर प्रदेशमा केही स्थानीय तहको वडा संख्या र सिमाना हेरफेरको सिफारिस

१ नम्बर प्रदेशको मन्त्रिपरिषद् बैठकले प्रदेश निर्वाचन क्षेत्र विशेष कार्यक्रम सञ्चालन नियमावली २०७८ लाई स्वीकृत गरेको छ ।    

मुख्यमन्त्री भीमप्रसाद आचार्यको नेतृत्वमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा बिहीवार बसेको बैठकले निर्णय गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार देवेन्द्र कार्कीले जानकारी दिए ।

बैठकले प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम सञ्चालन नियमावली २०७८ लाई पनि स्वीकृत गर्ने निर्णय गरेको छ । 
    
केही स्थानीय तहको वडाको संख्या र सिमाना हेरफेरसम्बन्धी स्थानीय तहले प्रस्ताव प्रदेशलाई गर्ने र प्रदेशले संघलाई सिफारिस गर्ने संवैधानिक प्रावधानअनुसार संखुवासभाको धर्मदेवी नगरपालिका, इलामको इलाम नगरपालिका, उदयपुरको बेलका नगरपालिका, धनकुटाको महालक्ष्मी गाउँपालिका र खोटाङको जन्तेढुङ्गा गाउँपालिकाले प्रस्ताव गरेअनुसार वडाको संख्या र सिमाना हेरफेरका लागि संघीय सरकारलाई सिफारिस गर्ने निर्णय गर्नुका साथै ती स्थानीय तहले वडाको संख्या वृद्धि गर्न सिफारिस गरिएको निर्णय गरेको छ ।
    
प्रदेशको राजस्वको स्रोत अत्यन्त न्यून भएकाले राजस्व स्रोत पहिचानका लागि ५ सदस्यीय उच्चस्तरीय राजस्व अनुसन्धान कार्यदल गठन बैठकले गर्नुका साथै कार्यदलले प्रदेशको आन्तरिक राजस्वको स्रोत पहिचान, वृद्धि र सम्भावनाबारे अध्ययन गर्नेछ । बैठकले प्रदेश पर्यटन बोर्ड नियमावली २०७८ लाई स्वीकृत गरी नियमावली स्वीकृत भएपछि सरकारले अब चाँडै प्रदेश पर्यटन बोर्ड गठन गर्नेछ । 
    
उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्रालय मातहतमा रहेका ६ जना अस्थायी कर्मचारीको असार मसान्तसम्म म्याद थप्ने निर्णय बैठकले गरेको सल्लाहकार कार्कीले जानकारी दिए । बैठकले प्रदेशका १४ वटै जिल्लामा विषयगत कार्यालय स्थापना गर्ने विषयमा मस्यौदा प्राप्त भएको र थप अध्ययन गरी अर्को बैठकले निर्णय गरी कार्यालय स्थापनाको प्रक्रिया शुरू गरिने भएको छ भने १४ जिल्लामा विषयगत कार्यालय स्थापनाको निर्णय यसअघि नै भइसकेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्