२५ जेठ २०८३, सोमबार

आज मन्त्रिपरिषद् विस्तार

असोज २२, २०७८
आज मन्त्रिपरिषद् विस्तार

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार गठन भएको झण्डै तीन महिनापछि बिहीबार घटस्थापनाको दिन मन्त्रिपरिषद्ले पूर्णता पाउने चर्चा पनि यसअघिको चर्चाझैं असत्य सावित भएको छ ।

आन्तरिक गृहकार्य नपुगेको भन्दै सत्ता गठबन्धनले शुक्रबार मात्रै मन्त्रिपरिषद्लाई पूर्णता दिने सहमति गरेको छ । प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले आन्तरिक तयारी नपुगेकाले शुक्रबार मात्रै मन्त्रिपरिषद्लाई पूर्णता दिने सहमति भएको बताए ।

सत्ता गठबन्धनका नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी दलले मन्त्री छान्न नसक्दा मन्त्रिपरषद्ले पूर्णता पाउन नसकेको हो । आज भने सबै काम सकेर विस्तार गरिने तयारी भएको नेपाल समाचारपत्रमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्