
महाधिवेशनको संघारमा रहेको प्रमुख सत्ताघटक दल नेपाली कांग्रेसको तल्लो तहको अधिवेशन भइरहेको छ । पालिकासम्मको अधिवेशनमा शीर्ष नेताहरु आफ्नो पक्षमा केन्द्रीय नेतृत्व हत्याउन लागिपरेका छन् । वडा अधिवेशन हुँदै पालिका अधिवेशनसम्म आइपुग्दा नेतृत्वमा सभापति शेरबहादुर देउवा पक्ष अग्र स्थानमा रहेको छ ।
१४औं अधिवेशनमा सभापति देउवा पुनः नेतृत्व लिने रणनीतिमा छन् । नतिजा प्राप्त ४ सय ८२ पालिकाको नेतृत्वमा देउवा पक्ष अग्र स्थानमा रहेको देखिएको हो । देउवाले गठन गरेको महाधिवेशन केन्द्रित सचिवालयले जानकारी दिएअनुसार पालिका अधिवेशनमा हालसम्म प्राप्त नतिजाअनुसार ४ सय ८२ मध्ये २ सय ७ पालिकामा देउवा पक्षको नेतृत्व आएको छ । नेपाल समाचारपत्रमा खबर छ ।