२२ जेठ २०८३, शुक्रबार

एमालेको लोगोप्रति माओवादी केन्द्रको आपत्ति

असोज २२, २०७८
एमालेको लोगोप्रति माओवादी केन्द्रको आपत्ति

नेपाल कम्युनिस्ट पार्टी (एमाले)को परिमार्जित लोगोप्रति नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले आपत्ति जनाएको  छ  ।  आफ्नो  पार्टीको  चुनाव  चिह्नसँग मिल्दोजुल्दो भएकाले त्यसविरुद्ध कानुनी उपचार खोज्नेसमेत माओवादी केन्द्रले जनाएको छ ।
एमालेले  विधान  महाधिवेशनमा  सूर्य  चिह्नभित्र  सुनौलो  रङको  हँसिया  हथौडा  राखेर  लोगो  सार्वजनिक  गरेको  थियो  ।  माओवादी  केन्द्रका  नेता  देव  गुरुङले  त्यो  चिह्न  आफूहरूसँग  मेल  खाने  भएकाले  कानुनी  उपचार  खोज्न  निर्वाचन  आयोगमा  जाने बताए ।  माओवादीको चुनाव चिह्न गोलाकारभित्र हँसिया  हथौडा  रहेको  छ  । गोरखापत्र दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्