
उमेश श्रेष्ठलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको राज्यमन्त्री बनाइएको छ ।
यसअघि स्वास्थ्य राज्यमन्त्री रहेका उनलाई मन्त्रिपरिषद्को राज्यमन्त्रीको जिम्मेवारी दिइएको हो ।
श्रेष्ठलाई साउन १० गते स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी दिइएको थियो ।
स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारीबाट अलग भएपछि श्रेष्ठले पार्टीले दिएको जिम्मेवारीलाई सहर्ष स्वीकार गर्दै अघि बढ्ने बताएका छन् ।