१० साउन २०८३, आइतबार

काठमाडौं उपत्यकामा ७४ प्रतिशतले लगाए कोरोनाविरुद्धको खोप

काठमाडौं उपत्यकामा ७४ प्रतिशतले लगाए कोरोनाविरुद्धको खोप
फाइल तस्वीर।

नेपालमा कोरोना भाइरसविरुद्धको खोप लक्ष्यअनुसार लगाइएको छ । 

असोज मसान्तमा कुल जनसंख्याको ३३ प्रतिशत जनसंख्यालाई खोप लगाउने लक्ष्यअनुसार हालसम्मको तथ्यांकअनुसार सो लक्षित जनसंख्यालाई खोप लगाइएको हो । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले देशभर पहिलो मात्रा ४० प्रतिशत र पूर्णमात्रा ३२ प्रतिशतलाई लगाइएको छ । उनका अनुसार पहिलो मात्रा ८७ लाख दुई हजार ७०५ र पूर्णमात्रा ६९ लाख ६२ हजार १६४ जनालाई खोप लगाइएको छ । १८ वर्ष भन्दामाथिका दुई करोड १७ लाख ५६ हजार ७६३ जनालाई खोप लगाउने सरकारको लक्ष्य छ । 

यस्तै काठमाडौं उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरमा पहिलो मात्रा ८१ प्रतिशत र पूर्णमात्रा ७४ प्रतिशतलाई लगाइएको छ । सहप्रवक्ता डा. अधिकारीका अनुसार १७ लाख ४५ हजार ५७० जना र पूर्णमात्रा १७ लाख ७९ हजार ८९७ जनालाई लगाइएको छ । उपत्यकामा १८ वर्षमाथिका २१ लाख २९ हजार ७७३ जना रहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्