३१ असार २०८३, बुधबार

लेखा समिति सभापति नपाएकोमा एमालेको आपत्ति, बैठकमा बाँस्कोटाले भने– प्रणालीविरुद्धकै काम भयो !

लेखा समिति सभापति नपाएकोमा एमालेको आपत्ति, बैठकमा बाँस्कोटाले भने– प्रणालीविरुद्धकै काम भयो !
फाइल फोटो

सार्वजनिक लेखा समितिको सभापति प्रतिपक्षी दलले पाउनुपर्नेमा अहिलेसम्म नपाएको भन्दै एमालेले आपत्ति जनाएको छ ।

समितिको आइतवारको बैठकमा एमाले सांसद गोकुलप्रसाद बाँस्कोटाले सत्तापक्षीय सांसद नै समिति सभापति रहेकोमा आपत्ति जनाएका हुन् ।

'संसदीय मान्यताअनुसार लेखा समिति प्रतिपक्षी दलले पाउनुपर्ने हो । अहिलेसम्म पाइएको छैन,' बाँस्कोटाले भने, 'सत्तामा पनि आफैं, लेखा समितिमा पनि आफैं, यो संसदीय मान्यता र प्रणालीकै विरुद्धको काम हो ।'

लेखा समिति सभापति हाल कांग्रेसका भरत साह छन् ।

प्रतिपक्षमा छँदा कांग्रेसले लेखा समितिको नेतृत्व पाएको थियो । अहिले कांग्रेस प्रमुख सत्तारुढ दल हो ।

आइतवारको बैठकमा महालेखा परीक्षकको वार्षिक प्रतिवेदनमाथि छलफल भइरहेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्