
ऊर्जा, सिँचाइ तथा जलस्रोतमन्त्री पम्फा भुसालले विद्युतबाट चल्ने चुलोको व्यवस्था गर्ने गरी तयारी शुरू गरिएको बताएकी छन् ।
गोदावरी नगरपालिका–१२ ठेचोमा वेथेगल टोल विकास समितिले आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान समारोहलाई सम्बोधन गर्दै उनले ग्यासको सट्टा विद्युतलाई उपयोग गरी खाना बनाउने व्यवस्था मिलाउन सरकारले काम गरिरहेको बताइन् ।
विद्युत् महसुल घटाइ सडक बत्तीको व्यवस्था गरिने उनको भनाइ थियो ।