०२ असार २०८३, मंगलबार

बुटवलमा प्रहरी र सुकुम्बासीको नाममा जग्गा कब्जा गर्नेबीच झडप, प्रहरीले चलायो गोली

असोज २४, २०७८
बुटवलमा प्रहरी र सुकुम्बासीको नाममा जग्गा कब्जा गर्नेबीच झडप, प्रहरीले चलायो गोली

बुटवलको मोतिपुरमा स्थानीय र प्रहरीबीच झडप हुँदा प्रहरीले गोली चलाएको छ । 

औद्योगिक क्षेत्र निर्माण गर्ने ठाउँमा जग्गा कब्जा गर्ने खोज्ने र प्रहरीबीच झडप भएको हो । करीब २ सय बिघा जग्गा सुकुम्बासीको नाममा कब्जा गर्ने प्रयास भइरहेको थियो । 

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता सत्यनारायण थापा घटनास्थलतर्फ पुग्दै गरेको बताएका छन् । कति राउण्ड गोली चलाएको, मानिसहरू घाइते भएको, नभएको भन्ने खुलेको छैन । 

२०७२ चैत १ मा रुपन्देहीको मोतीपुरमा ५ वर्षभित्र औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा भयो । बुटवल उप–महानगरपालिकासहित तिलोत्तमा नगरपालिका, सियारी र शुद्धोधन गाउँपालिकासित जोडिएको तिनाउ नदी उकास क्षेत्रको सार्वजनिक जग्गामा औद्योगिक क्षेत्र बनाउनेमा सबै दलको सहमति छ । 

२०७२ चैत १ मा रुपन्देहीको मोतिपुरमा ५ वर्षभित्र औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा भएको थियो । केही महिना अगाडि औद्योगिक क्षेत्रको शिलान्यास गरिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्