१३ असार २०८३, शनिबार

भारत : उत्तर प्रदेशमा नवरात्रिभरि मासु पसल बन्द गर्न दबाब

असोज २४, २०७८
भारत : उत्तर प्रदेशमा नवरात्रिभरि मासु पसल बन्द गर्न दबाब

भारतको उत्तर प्रदेशमा नवरात्रि चलिरहेकोमा दक्षिणपन्थी समूहहरूले मासुपसल बन्द गर्न लगाएका छन् । 

अनि रेस्टुराँमा मासुका परिकार पनि नपस्कन उनीहरूले उर्दी जारी गरेपछि सहारनपुर र बुलन्दशहरमा तनावको स्थिति छ । 

सहारनपुरमा दुई समूहबीच झगडा हुँदा शुक्रवार राति गोली समेत चलेको छ । साना समूहहरूले जबर्जस्ती पसल बन्द गराएको भिडियो भाइरल भइरहेको छ । 

रेस्टुराँ व्यवसायी मोहम्मद दानिशले बताए, ‘७० देखि ८० मानिस आए अनि हामीलाई पसल बन्द गर्न लगाए । केही घन्टा दिनुस् भनी हामीले बिन्तीभाउ गर्‍यौं । तर उनीहरूले सुन्दै सुनेनन् । अनि झगडा भयो । तिनीहरूमध्ये केहीले हावामा गोली चलाए ।’

हिन्दू महासभाका सदस्य कपिल मोदाले दाबी गरे, ‘पसलेहरूले आफ्नो मान्छे बोलाए अनि ढुंगा हान्न थाले । उनीहरूका तर्फबाट गोली चल्यो ।’

पछि एसपी राजेश कुमारको कमान्डमा प्रहरी बल घटनास्थलमा आयो । कुमारले भने, ‘हामीले दुवै पक्षको कुरा सुन्यौं । परिस्थिति नियन्त्रणमा छ । उनीहरूले नवरात्रिभरि पसल बन्द गर्ने सहमति जनाएका छन् ।’
 

salt training

कमेन्ट गर्नुहोस्