![तनावग्रस्त बुटवल : ५० बढी घाइते, डाक्टर भन्छन्- अस्पताल आएकामध्ये कसैको मृत्यु भएको छैन [तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/ghaite_butwal_1_9q1T3YM9fD.jpg)
रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रमा सुकुम्बासीको नाममा जग्गा कब्जा गर्ने नाममा भएको झडपले ५० भन्दा बढी घाइते भएका छन् । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका इमरजेन्सी इन्चार्ज डा. रामप्रसाद अर्यालका अनुसार घाइतेमध्ये १५ जनाको अवस्था गम्भीर छ । घाइतेमध्ये आधा प्रहरी र आधा जग्गा कब्जा गर्नेवाला छन् ।
घाइतमध्ये ३ जनालाई भैरहवास्थित युनिर्भसल कलेज अफ मेडिकल साइन्सेजमा पठाइएको अर्यालले लोकान्तरलाई जानकारी दिए । ‘धेरैलाई कोहीलाई गोली लागेको छ, कोही गम्भीर चोट छ । हामी उपचार गर्दैछौँ । यहाँ आएपछि कसैको मृत्यु भएको छैन । मृत्युबारे हामीलाई जानकारी छैन,’ उनले भने ।
घटनाले उग्ररुप लिएपछि जिल्ला प्रशासन कार्यालयले आइतवार ४ बजेदेखि कर्फ्यू लगाएको छ ।








