३१ जेठ २०८३, आइतबार

बुटवल मोतिपुर गोली काण्डः तीन जनाको मृत्यु

असोज २४, २०७८
बुटवल मोतिपुर गोली काण्डः तीन जनाको मृत्यु

रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रमा आइतवार भएको झडपमा तीन जनाको मृत्यु भएको छ । 

भैरहवा मेडिकल कलेजमा उपचार गराइरहेका १३ जना मध्ये ३ जनाको मृत्यु भएको हो । 

अस्पतालका जनसम्पर्क अधिकृत सुशील गुरूङले लोकान्तरसँग भने, ‘हाम्रो अस्पतालमा ५ जना प्रहरी र ८ जना सर्वसाधारण घाइते आएका थिए । तीमध्ये तीन जना अस्पताल ल्याउँदा नै मृत्यु भएको थियो । अस्पताल आएकामध्ये एक जना गम्भीर घाइते छन् । अन्यको उपचार हुँदैछ ।’

तर, प्रहरी प्रशासनले घटना मृत्युको पुष्टि गरेको छैन । जग्गा कब्जा गरी बसेका र प्रहरीहरूबीचको झडपमा घाइते भएकामध्ये तीन जनाको ज्यान गुमेको हो । 

उक्त क्षेत्रमा तनावको स्थिति भएपछि स्थानीय प्रशासनले कर्फ्यू लगाएको छ । मोतिपुर औद्योगिक क्षेत्रको जग्गा कब्जाको विषयले आइतवार प्रहरी र जग्गा कब्जा गरी बसेकाबीच झडप भएपछि रुपन्देही प्रशासनले कर्फ्यू आदेश जारी गरेको हो । स्थिति नियन्त्रणभन्दा बाहिर जान सक्ने जोखिम बढेको भन्दै स्थानीय प्रशासनले आइतवार दिउँसो ४ बजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यू जारी गरेको हो ।

salt training

कमेन्ट गर्नुहोस्