३१ जेठ २०८३, आइतबार

१० हजार घूससहित वडाध्यक्ष पक्राउ

१० हजार घूससहित वडाध्यक्ष पक्राउ

महोत्तरीको मटिहानी नगरपालिका वडा नम्बर ५ का अध्यक्ष राम बहादुर महतो घूससहित पक्राउ परेका छन् । उनीसँगै सहायक कम्प्युटर अपरेटर अव्दुल राईन समेत पक्राउ परेका छन् ।
 जन्म दर्ताको सिफारिस गरिदिएवापत सेवाग्राहीसँग घुस मागेको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिएको टोलीले उनीहरुलाई १० हजार रुपैयाँ घूस लिइसकेको अवस्थामा कार्यालयबाटै नियन्त्रणमा लिइएको अख्तियारका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले जानकारी दिए । उनीहरुमाथि थप अनुसन्धान भइरहेको भण्डारीले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्