
दशैं लागेसँगै काठमाडौं उपत्यका छाड्नेहरूको भीड बढेको छ । यात्रुसँगै सवारीसाधनको चाप पनि बढेको छ । सामान्य समयमा समेत जाम हुने थानकोट–नागढुंगामा दशैंका बेला यसको असर झन् बढेको छ ।
घर हिँडेकी पत्रकार भाषा शर्माले कलंकीबाट हिँडेको गाडी नागढुंगा पुग्न ४ घण्टा लागेको बताइन् । दशैंमा यात्रु ओसार्न गाडी थपिएकाले पनि जाम बढेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक संजीव शर्मा दासले गाडीहरूको चाप बढेकाले पनि समस्या उत्पन्न भएको बताए । ‘जाम भन्ने त छैन तर स्लो छ,’ उनले भने, ‘हामीले यातायात व्यवस्थापन गरिरहेका छौँ ।’
उनका अनुसार दशैँ मनाउन हालसम्म (सोमवार बिहान) ६ लाख ५ हजारले उपत्यका छाडेका छन् ।